आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

बालुवाटारमा गृहमन्त्रीको राजीनामाबारे ओली-देउवाबीच के भयो छलफल ?

बुधबार, जेष्ठ १४ २०८२

काठमाडौं । सत्तापक्षले गृहमन्त्रीले राजीनामा नदिने निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सत्तारुढ दुई प्रमुख दलका शीर्ष नेताबीचको छलफलमा गृहमन्त्रीले राजीनामा दिने कुरा असम्भव भएको निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्रीसँगको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र एमालेका मुख्य सचेतक बर्तौला उपस्थित थिए ।

हिजो प्रतिपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकलाई बोल्न नदिएर सदन अवरुद्ध गरेका थिए ।  मुख्य सचेतक बर्तौलाका अनुसार गृहमन्त्रीले सदनबाट जवाफ दिने सरकारको तयारी छ ।

भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्ष दलले गृहमन्त्री लेखकको राजीनामा माग गरेर संसद चल्न दिएका छैनन् । बुधबार ११ बजेका लागि बोलाइएको संसद बैठक नियमित समयमा सुरु भएको छैन ।