आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

विपक्षी दलहरूको अवरोधपछि संसद बैठक स्थगित

मंगलबार, जेष्ठ १३ २०८२

काठमाडौं । प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आजको बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरूले नाराबाजी गरेका थिए । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, रास्वपा, राप्रपालगायतका विपक्षी दलका सांसदहरुले गृहमन्त्रीको राजीनामा माग्दै नाराबाजी गरेका थिए ।