आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

विपक्षी दलहरुले मागे गृहमन्त्रीको राजीनामा

मंगलबार, जेष्ठ १३ २०८२

काठमाडौं  । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले भिजिट भिसा प्रकरणमा अरबौंको भ्रष्टाचार भएको र यसमा राजनीतिक संलनग्ता रहेको आशंका व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भिजिट भिसा प्रकरण राजनीतिक संरक्षणबिना सम्भव नभएको टिप्पणी गरेका हुन् । उनले भने,‘अख्तियारले मुख्य आरोपी भनेका तीर्थराज भट्टराईलाई गृहमन्त्रीकै अग्रसरतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पठाईएको देखिन्छ ।

विवादित पृष्ठभूमि भएका र यसभन्दा पहिले पनि विभिन्न अनियमिततामा जोडिएका सहसचिवलाई रोजीछाडी कसरी मालदार भनिने चिनिएको अड्डामा पठाउनुभयो, के साँच्चै मन्त्रीजीलाई ती सहसचिव एकदम स्वच्छ र सक्षम छन् भनेर हो कि कि अन्य कुनै स्वार्थ थियो ? यो अनुसन्धानको विषय हो ।’

प्रतिनिधिसभाको बैठक सुरू हुनासाथ माओवादी, रास्वपा र राप्रपाका सांसद उठेका थिए ।

यस्तै प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्रीको राजीनामा माग गरेको छ ।

मंगलवार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले नैतिकताको आधारमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णय सुनाउँदै राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।