पोखरा । राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशनमा अध्यक्षसहित ९३ पदका लागि मतदान सुरु भएको छ । जारी महाधिवेशन अन्तर्गत आज मतदान सुरु भएको हो ।
युवा संघको अध्यक्षका लागि बर्तमान अध्यक्ष क्षितिज थेवे र महासचिव सुमन पुरी प्यानलसहित मैदानमा उत्रनुभएको छ । महाधिवेशनमा लेखा आयोगका उपाध्यक्ष र सचिवसहित ६४ जना निर्विरोध निर्वाचित भएका छन् ।
पोखरा सभागृहमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो । अध्यक्षका उम्मेदवार क्षितिज थेबे र महासचिव सुमन पुरीले पहिलो भोटिङ गरे । निर्वाचनका लागि ४२ इलेक्ट्रिक मेसिन राखिएको छ । हरेक प्रदेशको लागि फरक फरक बुथ राखिएको छ ।
निर्वाचनमा क्षितिज थेबे र महासचिव सुमन पुरीको प्यानल चुनावी मैदानमा छ । थेवे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् ।
लेखा आयोगका उपाध्यक्ष र सचिवसहित ६४ जना निर्विरोध
राष्ट्रिय युवा संघमा लेखा आयोगका उपाध्यक्ष र सचिवसहित ६४ जना निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन कमिटीले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार लेखा आयोगको उपाध्यक्षमा अमित कार्की र सचिवमा लोकेश पाल निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षसहित ९३ पदका लागि भोलि बिहानदेखि मतदान हुँदैछ ।
यी हुन् निर्विरोध निर्वाचित हुने केन्द्रीय सदस्यहरु:
सदस्य महिलाः
युवान्तिका राई
कला राई
भुगोलतर्फका केन्द्रीय सदस्यहरु:
गोरखा – प्रविण अधिकारी
पर्वत – विक्रम श्रेष्ठ
म्याग्दी – शिशिर शाही
मनाङ – मदन गुरुङ
मुस्ताङ – केसाङ ठोक्या ठकुरी
नवलपुर – बिराजन थापा
ताप्लेजुङ – मनोज लिम्बू
पाँचथर – गणेश योङहाङ
इलाम – नागेन्द्र श्रेष्ठ
झामा – खगेन्द्र राज आन्देम्बे
सुनसरी – दिवस राई
उदयपुर – तुल्सीराम चौलागाईं
ओखलढुंगा – बिनोद खत्री
सोलुखुम्बु – राजु खड्का
सर्लाही – जिवेश प्रशाई
धनुषा – अनसी राईन मिया
सिराहा – सुमित श्रेष्ठ
सप्तरी – सञ्जय कुमार यादव
पर्सा – रवि गुप्ता
भक्तपुर – रविन थापा क्षेत्री
ललितपुर – सुजित बस्नेत
रसुवा – सुरज गुरुङ
दोलखा – सुजन श्रेष्ठ
चितवन – शंकर अधिकारी
रुकुम – पुर्व हेमराज केसी
प्यूठान – पिमबहादुर पुन
नवलपरासी – विश्वबन्धु पोखरेल
दाङ – फुर्पा लामा
बर्दिया – रमेश रावल
डोल्पा – पाण्डप महतरा
मुगु – जनकराज राउत
रुकुम पश्चिम – गंगाराम रोकाय
बाजुरा – मिलन ऐडी
बझाङ – संसारबहादुर खड्का
कंचनपुर – राहित कुवर
डडेल्धुरा – भरत मल्ल
दार्चुला – कोमलराज विष्ट
कोशी प्रदेश (महिला)
सुमना लिवाङ,
अनुपमा राई,
कान्ता भट्टराई,
बिपना बुढाथोकी,
रमिला नेपाल,
सोफिया लिम्बू,
सुम्निमा खातुन
मधेश प्रदेश(महिला)
अनितादेवी शाह,
प्रगती थापा,
भावना आचार्य,
शर्मिला केसी र,
सुमित्रा तिमिल्सिना ।
लुम्बिनी प्रदेश (महिला)
कल्पना पाण्डे मगर,
पुर्णिमा बुढाथोकी,
मिनाकुमारी बिसी,
पुजा थारु,
श्रद्धा कुवर क्षेत्री,
लक्ष्मी बुढा
कर्णाली प्रदेश (महिला)
इन्द्राकुमारी कार्की,
रितु गुरुङ
सविना रावत
अन्तरजिल्ला विशेष प्रदेश (महिला)
सोनु बराल
विन्दु शर्मा