आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सहकारी ठगी प्रकरणः ढोरपाटनका मेयर देवकुमार नेपाली कारागार चलान

मंगलबार, जेष्ठ १३ २०८२

पाेखरा । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि कारागार चलान भएका छन्। पोखराको इमेज सहकारी ठगीमा जिल्ला अदालत कास्कीको आदेश अनुसार नेपाली सोमबार कारागार चलान भएका हन्।

पोखरामा रहेको इमेज सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीका न्याायधीश हिमलाल बेलबासेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

यसअघि जिल्ला कारागार बागलुङमा थुनामा रहेका नेपालीलाई आइतबार पोखरा झिकाएर बयान गराइएको थियो । बयान सकिएसँगै आज (सोमबार) इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । नेपालीले बागलुङ र पोखरामा रहेको इमेज सहकारीबाट दुई अर्बभन्दा बढी बचत रकम अपचलन गरेको आरोप छ ।