काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी बैठक सुरू छ ।
सोमवार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक बसेका हो ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि सभापति देउवाले बैठक बोलाएका हुन् ।
पदाधिककारी बैठकमा समसायिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने मुख्य सचिव पौडेलले जानकारी गराए ।
साथै गृहमन्त्री रमेश लेखकबारे पनि छलफल केन्द्रित हुने बताइएको छ ।
आजको बैठकले गृहमन्त्री लेखकबारे आधिकारिक धारणा बनाउने बताइएको छ ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोग गरी दैनिक घुस लिने गरेको गृहमन्त्री लेखकलाई आरोप लागेको छ । उनले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने माग भइरहेको छ ।काँग्रेसका केही नेताहरूले पनि लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।
यता गृहमन्त्री लेखकले भने आफूले कहिल्यै आर्थिक अनियमितता गरेको प्रमाणित गर्नसके राजनीतिबाटै राजीनामा दिने बताउनुभएको छ ।
साथै जेठ १३ गते बस्ने प्रतिनिधि सभाको बैठकमा आफूले उक्त घटनाक्रमबारे जानकारी गराउनका लागि समय लिइसकेको बताएका छन् ।