बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रवि लामिछाने थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

शनिबार, जेष्ठ १० २०८२

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेका थिए। लामिछानेलाई गैरकानूनी थुनामा राखेको भन्दै लामिछाने पत्नी निकिता पौडेलले सर्वोच्च अदालत अदालतमा रिहा गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी पत्नी पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो ।

सोही रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले रिहा गर्न अस्वीकार गरेको हो । रवि पत्नी निकिता पौडेलले सुप्रिम बचत उच्च अदालत तुलसीपुर बुटवलले पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध वैशाख ६ गते बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिएन् ।