आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

अध्यागमन कार्यालयसँगै चार ठाउँमा अख्तियारकाे छापा

बिहिबार, जेष्ठ ८ २०८२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयसँगै चार ठाउँमा छापा मारेको छ ।

ट्राभल एजेन्सी र एउटा मेनपावर सञ्चालकको कार्यालयमा छापा मारेर कागजात र ‘डिभाइस’ जफत गरिएको अख्तियारका एक जना उच्च अधिकृतले बताए ।

भिजिट भिसामा विदेश जानेहरूबाट रकम असुल्ने गरेको आरोपमा नियन्त्रणमा लिइएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख (सहसचिव) तीर्थराज भट्टराई छुटेका छन् । उनलाई बिहीबार उपस्थित हुनेगरी हाजिर जमानीमा रिहा गरिएको हो ।

अध्यागमनका कर्मचारीले बिचौलियासँग मिलेर ‘कोडवर्ड’ प्रयोग गरेर रकम असुल्ने गरेको सुराकको आधारमा अख्तियारले त्यसबारे अनुसन्धान गरिरहेको छ ।

अख्तियारले भट्टराईको मोबाइल सहितका डिजिटल डिभाइस बरामद गरेको छ । अख्तियारका एक जना उच्च अधिकृत भन्छन्, ‘अध्यागमन कार्यालय सहित ४ ठाउँमा छापा मारिएको छ ।’