काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली र सभापति देउवाबीच हिजो नै भेट्ने कार्यक्रम थियो । तर हिजो भेट हुन नसकेपछि आज भेट भएको हो ।
दुई बीचको छलफलमा अर्थमन्त्री विष्णु पौडेल पनि मिसिएका छन् । अर्थमन्त्रीसहित ३ नेताबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गभर्नर नियुक्तिमा भएको ढिलाइले अविश्वास बढेको चर्चाका बीच अर्थमन्त्रीलाई समेत राखेर ओली र देउवाबीच छलफल भएको हो ।
यता प्रधानमन्त्रीको अस्वस्थताको कारण आज संसदमा जवाफ दिने कार्यक्रम भने स्थगित गरिएको छ ।