आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सगरमाथा संवादका अतिथिलाई प्रधानमन्त्री ओलीद्वारा रात्रिभोजको आयोजना

शनिबार, जेष्ठ ३ २०८२

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि सुरू भएको सगरमाथा संवादका अतिथिहरूको स्वागत तथा सम्मानमा रात्रिभोज आयोजना गरेका छन् ।

समारोहमा प्रधानमन्त्री ओलीले अतिथिहरूलाई स्वागत गरेका थिए समारोहमा नेपाल सरकारका उपप्रधानमन्त्री, मन्त्री, विशिष्ट श्रेणीका कर्मचारीलगायत थिए भने विभिन्न देशबाट आएका मन्त्री, नीति निर्माता, विज्ञलगायत थिए ।

संवादमा तीन दर्जन बढी मुलुकका एक सय ७५ विदेशी पाहुना सहभागी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । संवादको उद्घाटन समारोह भव्यताका साथ सम्पन्न भइ पूर्ण सत्र र समानान्तर सत्र सञ्चालन भएका थिए । सगरमाथा संवाद तीन दिनसम्म चल्नेछ ।