काठमाडौं । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका बर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट सर्वसम्मत पारित भएको छ ।
शुक्रवार सिंहदरबारमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका र्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट विधेयक पारित भएको हो ।
समितिको बैठकले कर्मचारीको उमेर हद ५८ बाट ६० बनाउने र कुलिङ पिरियड २ वर्ष राख्ने प्रावधानसहित विधेयक पारित गरेको हो ।
समितिका सभापति रामहरि खतिवडाले उक्त विधेयक परिमार्जनसहित सर्वसम्मत पारित भएको जानकारी दिए । उनले धेरै समय पछाडि उक्त महत्वपूर्ण विधेयक पारित पर्न सफल भएको जिकिर गरे ।
उनले विधेयक पारित गर्न महत्वपूर्ण सहयोग पुर्याउने सम्पूर्णमा धन्यवाद समेत दिए। विधेयक २०८० फागुन २१ गते प्रतिनिधिसभामा दर्ता भएको थियो ।
यो विधेयक संसदको पूर्ण बैठकमा जानेछ ।