आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिहिबार, जेष्ठ १ २०८२

काठमाडौं । नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत र दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

टेरामक्स घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले बस्नेतसहित प्रतिवादीविरुद्ध ३ अर्ब २१ करोड बिगो दाबी गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा योग्यता नपुग्ने प्रस्तावदाताको गलत प्रतिवेदन तयार पारी सर्वोच्चको आदेशअनुसारको कानूनी व्यवस्थासमेत नगरी राज्यको सम्पत्ति हानीनोक्सानी गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार प्रतिनिधिसभाका सांसदसमेत रहेका कांग्रेस नेता, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत १६ जना र कम्पनीमाथि बिगो तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी गरिएको छ ।