जनताको करबाट पारिश्रमिक लिनु उपयुक्त नरहेको प्रष्टोक्ति
लुम्बिनी । लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । गुरुङ जनमत पार्टीकी समानुपातिक सांसद हुन् ।
उनले सभामुखलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको व्यहोरा उल्लेख छ ।
लुम्बिनीका सभामुखसमक्ष मंगलबार उनले बुझाएको राजीनामामा देश र जनताको पीर मर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यता रहेको बताएकी छन् ।
जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गुप्ताले गुरुङले सभामुखलाई राजीनामा पत्र पठाएको जानकारी दिए । सभामुखलाई गुरुङको राजीनामा स्वीकृत गर्न आफूले भनेको पनि उनले बताए ।
