आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

माओवादीले जेठ महिनाभर मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान गर्ने

मंगलबार, बैशाख ३० २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियान गर्दै छ ।

जसअन्तर्गत पोखरामा आगामी जेठ १० गते जनसभा गर्ने माओवादीले जनाएको छ ।

जेठ २ गते बैतडीको पाटनबाट सुरु हुने उक्त अभियान जेठ ८ गते लुम्बिनी प्रदेशको पूर्वी रूकुम हुँदै गण्डकी प्रदेशको बागलुङ प्रवेश गर्ने सो पार्टीले जनाएको छ।

जेठ ८ र ९ गते गरी बागलुङका तीन स्थानमा जनसंवाद कार्यक्रम तय गरिएको माओवादी केन्द्र बागलुङले जनाएको छ। पहिलो दिन बुर्तिबाङ र गलकोटमा जनसंवाद कार्यक्रम हुने माओवादी केन्द्रका जिल्ला संयोजक राजीव घिमिरेले जानकारी दिए।

अभियानका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताहरू जनभेटघाट, अन्तरक्रियालगायत कार्यक्रममा सहभागी हुने जनाइएको छ। सहिद, बेपत्ता र घाइतेजनका परिवारलाई पनि भेट्ने कार्यक्रम तय भएको संयोजक घिमिरेले बताए।

माओवादी केन्द्रले लोकमार्गका प्रत्येक प्रदेशमा एक–एक वटा जनसभा र प्रत्येक जिल्लामा कम्तीमा एक–एक अन्तरसंवाद गर्नेगरी अभियानको तयारी गरेको हो। उक्त अभियान जेठ महिनाभर चल्न सो पार्टीले जनाएको छ।

अभियानको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् । अभियानमा प्रचण्डसहित पार्टीका अन्य पदाधिकारीहरु पनि जानेछन्।