आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सडकमै ट्रक पल्टिँदा मुग्लिन–नारायणगढ सडक अवरुद्ध

आइतबार, बैशाख २८ २०८२

मुग्लिन । मुग्लिन नारायणगढ सडक खण्डअन्तर्गत तुइनखोलानजिक कोइला बोकेको ट्रक सडकमा पल्टिदा राजमार्ग अवरुद्ध भएको छ ।

वीरगन्जबाट काठमाडौं जाँदैगरेको मधेश प्रदेश ०३–००१ ख ९८१७ नम्बरको (कोइला लोड) भएको ट्रक अनियन्त्रित भइ विहान ७ बजे पल्टेको थियो ।
ट्रक पल्टिपनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिए ।

दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्दछ ।