आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

पदाधिकारी बैठकमा देउवाले भने : गभर्नर चाँडै नियुक्ति हुन्छ

शुक्रबार, बैशाख २६ २०८२

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्ति हुने बताएका छन् ।

शुक्रवार निजी निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारीको बैठकमा सभापति देउवाले राष्ट्र बैंकमा गभर्नर नियुक्तिको विषय ढिलो भएको पदाधिकारीको गुनासोपछि अब छिटै नियुक्ति हुने आश्वानस दिएका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पार्टीका प्रवक्ता डा. प्रकाशशशरण महतले सभापति देउवाको भनाइ उद्धृत गर्दै राष्ट्र बैंकको नेतृत्व मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढंगबाट अगाडि बढाउनसक्ने व्यक्ति गभर्नर बन्नुपर्ने बताए जानकारी दिए ।

महतले भने, ‘सभापतिले यो चाँडै टुंगिन्छ । प्रोफेसनल, व्यवसायिक व्यक्तिको हातमा राष्ट्र बैंकको नेतृत्वमा जानुपर्दछ । एउटा सहमतिबाट निर्णय हुन्छ भन्नुभएको छ ।’

प्रवक्ता महतले सरकारमा रहेका राजनीतिक दलहरुको सहमतिबाटै गभर्नरको नियुक्ति हुने पनि बताए । सत्तारुढ दुई दल कांग्रे र एमालेबीचमा सहमति हुन नसक्दा गभर्नर नियुक्त हुन ढिलाइ भएको चर्चाबीच उनले यस्तो बताएका हुन् ।