आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कांग्रेस पदाधिकारी बैठक

आतंकवादको खिलापमा हुने कारवाहीलाई जायज ठान्छौँ : काँग्रेस

शुक्रबार, बैशाख २६ २०८२

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले आफ्नो पार्टी कुनैपनि किसिमको आतंकवादको बिरुद्धमा रहेको बताएको छ ।

शुक्रवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि बोल्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेस आतंकवादको बिरुद्धमा रहेको बताए ।

उनले आतंकवादको खिलापमा हुने कारबाहीलाई कांग्रेसले जायज मान्ने पनि बताए ।

उनले भने, ‘हामी जहिले पनि आतंकवादको खिलापमा हुने कारवाहीलाई जायज ठान्छौँ । आतंकवादलाई कसैले पनि प्रशय नदेओस् भन्ने पक्षमा छौं

उनले भारत र पाकिस्तानको बीचमा भइरहेको द्वन्द्वप्रति पार्टीले निहत्था नागरिकमाथि भएको आक्रमणको निन्दा गरेको बताए ।

उनले पाकिस्तान र भारतबीच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा आफूहरु रहेको पनि बताए ।

उनले आतंकवादलाई कसैले पनि प्रश्रय दिन नहुने बताए ।

यस्तै प्रवक्ता डा.महतले सभापति शेरबहादुर देउवाको भनाइ उद्धृत गर्दै राष्ट्र बैंकको नेतृत्व मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढंगबाट अगाडि बढाउनसक्ने व्यक्ति गभर्नर बन्नुपर्ने बताएको जानकारी दिए ।

प्रवक्ता महतले सरकारमा रहेका राजनीतिक दलहरुको सहमतिबाटै गभर्नरको नियुक्ति हुने बताए ।