आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कोटेश्वर–तीनकुने सडक खण्डमा सवारी दुर्घटना : एक जनाको मृत्यु, तीन जना घाइते

बिहिबार, बैशाख २५ २०८२

काठमाडौं । काठमाडौंको कोटेश्वर–तीनकुने सडक खण्डमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

मुनिभैरव मन्दिर नजिकै एउटा बस, एउटा भ्यान र एउटा मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

घाइतेलाई उद्धार गरी उपचारका लागि सिभिल अस्पताल पुर्‍याइएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार नुवाकोट घर भई हाल ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी तामाङको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक रामेछाप दोलम्बा गाउँपालिका ३ घरभई काठमाडौँको नयाँबजार बस्ने २७ वर्षीय पदम थापा मगर घाइते भएका छन् ।

भ्यानका चालक काभ्रेको मण्डनदेवपुर नगरपालिका १ घर भई हाल काठमाडौँ महानगरपालिका ३१ शान्तिनगर बस्ने वर्ष ३५ का रत्न बहादुर सार्की र बसमा सवार दोलखाको गौरीशंकर गाउँपालिकाकी २४ वर्षीया मेनुका बुढाथोकी पनि घाइते भएका छन् ।