बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

रेशम चौधरीको पक्राउको विषयलाई लिएर संसद अवरुद्ध, नाउपा अध्यक्ष श्रेष्ठले गरिन निष्पक्ष छानबिनको माग

मंगलबार, बैशाख २३ २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउको विषयलाई लिएर नाउपा र जनमत पार्टीले सदन अवरुद्ध गरेको छ ।

प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरी पक्राउसम्बन्धी घटनाको निष्पक्ष छानबिन गर्न माग गरिन् ।

अध्यक्ष श्रेष्ठले चौधरीको गिरफ्तारी एक व्यक्तिको मात्रै विषय नभएको उल्लेख गर्दै यसका कारण समग्र संघीयता, समावेशिता, लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको बताएकी छन् ।

यसैबीच सभामुख देवराज घिमिरेले सांसदहरुले संसदमा उठाएका प्रश्नहरुको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा सांसदहरुले सरकार सांसदहरुका प्रश्नको जवाफबाट भागेको भन्दै रुलिङको माग गरेका थिए ।

बैठकमा शुन्य समय सकिसकेपछि नागरिक उन्मुक्ति र जनमत पार्टीका सांसदहरु सभामा उठेर बिरोध जनाएका थिए ।

बिरोधपछि सभामुख घिमिरेले सरकारको प्रतिनिधि नभइ संसद अघि बढ्न नसक्ने र सरकारलाई जवाफदेही हुन रुलिङ गरेका हुन् ।