शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

कीर्तिपुर मैदानको काम भौतिकतर्फ ५५ प्रतिशत प्रगति, प्रधानमन्त्रीले दिए थप दुई महिना

मंगलबार, बैशाख २३ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानको स्तरोन्नतिका विषयमा बनाउने काम नसकिएपछि मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिसँग साेमबार स्पष्टीकरण लिएका छन् । उनले निर्माण सम्पन्न गर्न थप दुई महिना समय समेत दिएका छन् ।

ओली मन्त्रीपरिषदको पहिलो वैठकले किर्तिपुर मैदानलाई ३०० दिनभित्र फ्लडलाइट सहितको रंगशाला बनाउने निर्णय गरेको थियो ।

२४ गते ३०० दिन पुग्दैछ । सो अवधिभित्र काम नसकिने भएपछि ओलीले स्पष्टीकरण मागेका हुन् ।

प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रूपमा ती सय दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तरराष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान गर्ने घोषणा गरेका थिए ।  ती दुई कामका लागि फरक फरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते सम्झौता भएको थियो ।

प्रधानमन्त्री ओलीले के कति कारणले समयमा काम हुन सकेन र अब कति दिनमा गुणस्तरीय रूपमा काम पूरा हुन्छ भन्ने यकिन गर्न र आगामी दुई महिनाभित्र सम्पन्न गर्न कडा निर्देशन दिए ।

छलफलमा प्यारापिटतर्फ वित्तीय प्रगति ४५ दशमलव १९ र भौतिक प्रगति ५५ प्रतिशत तथा फ्लडलाइटतर्फ वित्तीय प्रगति २३ दशमलव ८१ र भौतिकतर्फ ३५ प्रतिशत प्रगति भएको प्रधानमन्त्री ओलीलाई जानकारी गराइयो । प्यारापिटका लागि रु ४९ करोड २५ लाख ६७ हजार ३०२ र फ्लडलाइटका लागि रु ४७ करोड ३७ लाख ६८ हजार ७७ मा सम्झौता गरिएको थियो ।

छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।