आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

धनकुटामा बस दुर्घटना अपडेट : तीन जनाको मृत्यु, ११ जना घाइते

मंगलबार, बैशाख २३ २०८२

धनकुटा । सोमबार दिउँसो धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । घाइतेमध्ये २ को अवस्था गम्भीर छ ।

धरानबाट यात्रु बोकेर भोजपुरका लागि छुटेको को१ख २१७७ नम्बरको बस कोशी लोकमार्गअन्तर्गत धनकुटाको धनकुटा नगरपालिका–६ गोठगाउँमा सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
बस चालक सुनसरी धरान उपमहानगरपालिका– १३ का ५१ वर्षीय रुद्र तामाङ, बसका यात्रु भोजपुरको भोजपुर नगरपालिका– ११ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ र धनकुटाको धनकुटा नगरपालिका– ६ का ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको हो ।

प्रहरीका अनुसार राईको घटनास्थलमै र तामाङ र श्रेष्ठको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।