आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

हात्तीवनमा बिजुलीको पोलमा कार ठोक्किएर तीन जना घाइते, यातायात आवागमन बन्द

सोमबार, बैशाख २२ २०८२

ललितपुर । ललितपुरको सातदोबाटो–हात्तीवन सडकमा कार दुर्घटना भएको छ ।

सातदोबाटो–हात्तीवन ओरालोमा कारको ठक्करबाट बिजुलीको पोल भाँचिएर बीच सडकमा पुगेपछि यातायात आवागमन बन्द गरिएको छ ।

पोलमा ठोक्किएको कारमा सवार तीनजना घाइते भएका छन् ।

उनीहरुको बीएण्डबी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गएराति बा१५च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किएको थियो ।

कारको अगाडिको भाग क्षतिग्रस्त भएको छ । दुर्घटनाको प्रकृति हेर्दा कार तीव्र गतिमा भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।