आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

ऊर्जा राज्यमन्त्री गर्बुजाको शपथ आज

आइतबार, बैशाख २१ २०८२

काठमाडौं । ऊर्जा राज्यमन्त्रीमा नियुक्त भएका खमबहादुर गर्बुजाको आज शपथ हुने भएको छ ।

आइतबार बिहान साढे ११ बजे सिंहदरबारमा उनको शपथ हुने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

वैशाख १७ गते राज्यमन्त्री नियुक्त भएका उनको शुक्रबार नै शपथ हुने भनिएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्थताका कारण स्थगित भएको थियो ।

उनी म्याग्दीबाट नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।