आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मन्त्रिपरिषद्को बैठक र ऊर्जा राज्यमन्त्रीकाे शपथ कार्यक्रम स्थगित

शुक्रबार, बैशाख १९ २०८२

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बिहान १० बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।

बैठक के कारणले स्थगित गरिएको भन्नेबारे  खुलाइएको छैन ।

बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको थियो ।

सरकारको नीति तथा कार्यक्रम आजै दिउँसो ३ बजे बस्ने संघीय संसद्को बैठकमा प्रस्तुत हुँदैछ ।

साथै नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम समेत स्थगित भएको छ ।