काठमाडौं । नव नियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
उनलाई आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते गर्बुजालाई राज्यमन्त्री नियुक्त गरेका थिए । उनी म्याग्दीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए ।
गर्बुजा नेपाली कांग्रेस म्याग्दीका सभापति समेत हुन् । यसअघि ऊर्जा राज्यमन्त्री रहेका पूर्णबहादुर तामाङलाई प्रधानमन्त्री ओलीले बर्खास्त गरेका थिए।
राज्यमन्त्री गर्बुजाको शपथ ग्रहणलगत्तै आजै मन्त्रिपरिषदको बैठक पनि बस्ने छ ।