काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेतृ डा. बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचिरहेकी भिडियो भाइरल भइरहेको छ ।
बुधवार रातिदेखि फेसबुकमा भाइरल भइरहेको सो भिडियोमा नेतृ यादवले पेस्तोल पड्काएको स्पष्ट देखिन्छ । तर, उक्त भिडियो कहिले र कहाँ खिचिएको हो भन्ने खुलेको छैन ।
पेस्तोलबाट सिंहले एक राउण्ड ‘हवाई फायर’ गरेको धुवाँ उडेको दृश्य पनि भिडिओमा देखिन्छ ।
भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यसले चर्चा बटुलेको छ। डा. यादव सप्तरीको बोदे बरसाईन नगरपालिका–५ निवासी हुन्। उनी राष्ट्रियसभा सदस्य तथा जसपाका उपाध्यक्ष मृगेन्द्र सिंह यादवकी छोरी हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडाका अनुसार यसबारे अनुसन्धान अघि बढाइएको छ । उनले अनुसन्धान गर्न नेतृ डा. बबीलाई बोलाएको पनि बताए ।