आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

बुधबार, बैशाख १७ २०८२

काठमाडौं । प्रधानमन्त्रीको निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी ।

प्रधानमन्त्रीको सचिवालयका अनुसासर बैठकमा सरकारका कामकारबाहीबारे छलफल भइरहेको छ । बैठकमा सत्ता गठन्धनका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगातका दलका नेताहरु सहभागी छन् ।

सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत हुनुअघि प्रधानमन्त्री ओलीले सत्तारुढ दलहरुको बैठक बोलाएका हुन् ।

बैठकमा शिक्षक आन्दोलन, सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुने छ ।

आन्दोलनरत शिक्षकहरूसँग नियमित वार्ता भइरहेको भएपनि सहमति जुट्न सकिरहेको छैन । सोमबार र मङ्गलवार पनि वार्ता भएको थियो। तर सहमति जुट्न सकेन। आज पनि वार्ता हुने भनिएको छ ।