काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकतान्त्रिक संस्कृति र सामाजिक न्यायको जगमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सकिने बताएका छन् ।
शान्तिपूर्ण मार्गबाट नै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा हुने उनको धारणा छ ।
समाजवादमा पुग्ने सैद्धान्तिक आधार जनताको बहुदलीय जनवाद भएको महासचिव पोखरेलको धारणा छ ।
महासचिव पोखरेलले जनताको बहुदलीय जनवादको मौलिक सोचलाई गहिरोसँग आत्मसात् गरेर मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सकिने उल्लेख गरेका छन् ।