आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच आज एकीकरण हुँदै, पहिलो वरीयतामा रेशम चौधरी

बुधबार, बैशाख १७ २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज एकता घोषणा हुने भएको छ ।

दुई दलको यसअघिको सहमति अनुसार आज दिउँसो ११ बजे एकीकरण भएको घोषणा गर्न लागिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजेदेखि घोषणा सभा सुरू हुने जनाइएको छ । जसअनुसार उन्मुक्तिका संरक्षक रेशम चौधरी एकतापछिको पार्टीमा पनि संरक्षक रहनेछन् भने सिके राउत अध्यक्ष र रञ्जिता श्रेष्ठ सहअध्यक्ष रहने गरी सहमति भइसकेको छ ।

संरक्षक रेशम चौधरी नयाँ पार्टीमा पनि संरक्षककै भूमिकामा रहने सहमति भएको छ वरीयतामा भने उनी पहिलो स्थानमा हुनेछन् । त्यसपछि सीके र रञ्जिता रहने सहमति भएको छ ।

साथै, उन्मुक्तिको चुनाव चिन्ह ढकियालाई स्विकार गर्दै पार्टीको नाम भने नागरिक जनमत पार्टी राखिने भएको छ । एकतासँगै यो पार्टी तराई–मधेश केन्द्रित दलको सबैभन्दा ठूलो पार्टी हुनेछ ।

यस्तै, २५ सदस्सीय केन्द्रीय पदाधिकारी, ५१ सदस्सीय केन्द्रीय कार्यसमिति र दुवैतर्फका गरी ३५०–३५० गरी कम्तिमा ७ सय केन्द्रीय सदस्य रहने भएका छन् ।

दुई पार्टीबीच एकता भएपछि प्रतिनिधि सभामा १० सिटसहित छैटौँ ठूलो दल बन्नेछ भने १० सिट नै रहेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को समान हैसियतमा रहनेछ ।