बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

श्रीमतीको हत्या गरी शङ्खरापुरबाट फरार तामाङ पक्राउ

बिहिबार, बैशाख ११ २०८२

काठमाडौँ । शङ्खरापुर नगरपालिका–९ सानागाउँमा श्रीमतीको हत्या गरी फरार पदमबहादुर तामाङ नुवाकोटबाट पक्राउ परेका छन् ।

यही वैशाख ७ गते धारिलो हतियार प्रहार गरी ४५ वर्षीय श्रीमती पुतलीमायाको हत्या तथा छोरा रिदम र छोरी सञ्जितालाई घाइते बनाइ फरार भएका उनलाई नुवाकोटको शिवपुरी गाउँपालिका–१ तलाखुबाट बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

काठमाडौँ परिसरको प्रहरी टोलीले नुवाकोट प्रहरीसँगको समन्वयमा निज तामाङलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी निजमाथी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।