सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

शंकरापुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान फरार

सोमबार, बैशाख ८ २०८२

काठमाडौं । शंकरापुर-९ मा ५८ वर्षीय पदमबहादुर तामाङले आफ्नी ४५ वर्षीया पत्नी माइती तामाङको खुकुरी प्रहार गरी हत्या गरेका छन्। हत्या पछि उनी फरार छन्।

दुई महिनाअघि विवाह गरेका दम्पती रामेछापको खाँडादेवी-७ स्थायी ठेगाना भई शंकरापुरमा कृषि कार्य गर्दै आएका थिए। प्रहरीका अनुसार, माइती तामाङ आफ्ना पूर्वपतिको ११ र १० वर्षका दुई सन्तानसँग सुतेकी थिइन्।

गए राति साढे ९ बजे पदमबहादुरले खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। आक्रमणमा उनका दुई छोराछोरी गम्भीर घाइते भएका छन् । उनीहरु उपचाररत छन्।

उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।