सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

जनमतका कोषाध्यक्ष सुरेन्द्र यादव पक्राउ

सोमबार, बैशाख ८ २०८२

काठमाडौं  । जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादव पक्राउ परेका छन् ।

प्रहरीले उनलाई सप्तरीको राजविराजबाट पक्राउ गरेको हो । उनीविरुद्ध ललितपुर प्रहरीमा ठगी र आपराधिक विश्वासघात आरोपमा जाहेरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय ललितपुरको पत्रको आधारमा उनलाई पक्राउ गरिएको हाे ।

पार्टीमा आर्थिक अनियमितता र ठगी गरेको तथा पार्टीविरुद्ध षड्यन्त्र गरेको भन्दै जनमत पार्टीले पछिल्लो समय उनलाई निलम्बन गरेको छ।