बुटवल । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई लक्षित गरेर गोली प्रहार भएको छ ।
मायादेवी गाउँपालिका-१ पकडीस्थित निवासमा बिहीबार राति शौचालय गएर निस्किँदै गर्दा उनीमाथि गोली प्रहार भएको हो । यद्यपि, अध्यक्ष चौधरीलाई गोली भने लागेको छैन ।
गोली भित्तामा लागेको प्रहरीका भनाई छ । राति विद्युत् गएको समयमा चौधरीलाई शौचालय गएर फर्कने क्रममा गोली प्रहार भएको हो ।
घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए।