आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

निलम ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी

सोमबार, चैत्र २५ २०८१

काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकमा कायममुकायम गभर्नर तोकेको छ ।

गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै मन्त्रालयले वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको हो ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको मन्त्रालयले जनाएको छ ।