काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–४ ओचु हाइटमा एक युवकको हत्या भएको छ ।
रामेछापकारिपक खातीलाई हत्या गरेको आरोपमा एक जनालाई पक्रेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
बुधबार राति ११ बजेतिर रामेछाप घर भएका २५ वर्षीय सुमन रसाइलीले रामेछापकै रिपक खातीलाई खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्या आरोपी दीपक रसाइलीलाई राति नै इमाडोल प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर ललितपुरमा जिम्मा लगाएको थियो ।
हत्याको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।