काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।
महासंघका अनुसार आज सुन तोलामा १ हजार ३०० रुपैयाँ बढेको छ ।बुधबारको तुलनामा आज सुनको मूल्य बढेर तोलामा १ लाख ७४ हजार ८०० रुपैयाँ पुगेको हो ।
यसअघि बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर २ हजार २० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।