काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ।
महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको हो ।
सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ।
आइतबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कायम भएको हो ।