सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

भक्तपुरमा एक पुरुषको शव फेला

आइतबार, चैत्र १० २०८१

भक्तपुर । भक्तपुर मध्यपुर ठिमी नगरपालिका ९ बोडे निलबाराहीस्थित पिकनिक स्पोर्टको पार्किङ स्थलमा एक पुरुषको शव फेला परेको छ ।

उनको शव आइतबार बिहान करिब ५स्५५ बजेको सयमा भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी, डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए ।

उनका अनुसार मृतक ६६ वर्षीय ओम प्रकाश राई रहेका छन् । उनी खोटाङको केपिलासगढी गाउँपालिका-२ घर भई हाल बोडे बस्ने रकवाडीको सामान भेला गर्ने गरेको प्रहरीले जनाएको छ । उनको टाउनको चोट देखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।