काठमाडौँ । सरकारले नेपाल प्रहरीका डिआईजी जनक भट्टराईलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
गृह मन्त्रालयको सिफारिसका आधारमा उनी बढुवा भएका हुन् । भट्टराई १२ दिन मात्र पदमा रहनेछन् ।
३० वर्षे सेवाहदका कारण उनले आगामी ४ चैतदेखि अनिवार्य अवकाश पाउँदैछन्।