मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

दोगडाकेदारमा गोली चल्दा एक घाइते

आइतबार, फाल्गुन १८ २०८१

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा गोली चलेको छ । गत राति ८ बजेको समयमा गाउँपालिका–८ कालागाउँ चौसिला भन्ने ठाउँमा गोली चल्दा २२ वर्षीय सुरेन्द्र विष्ट घाइते भएका थिए ।

सोही गाउँका ४० वर्षीय कर्णबहादुर विष्टको गोली प्रहारबाट उनी घाइते भएको प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । लेनदेनका विषयमा विवाद हुँदा कर्णले सुरेन्द्रमाथि गोली प्रहार गरेको र अन्य विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको उनले जानकारी दिए । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ ।