काठमाडौं । कालीमाटी तरकारी बजार नजिक एक व्यक्ति मृत फेला परेका छन् ।
उनी रामकृष्ण दाहाल नाम गरेका व्यक्ति रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए ।
तरकारी बजार नजिकै मृत भेटिएको खबर आएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।
मृत दाहालको शरीरमा चोट समेत देखिएकाले हत्याको आशंका प्रहरीले गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि घटनास्थल गएर अनुसन्धान अघि बढाएको छ ।