मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

रावललाई सघाउने भन्दै एमालेका ५९ जनाले दिए सामूहिक राजीनामा

सोमबार, माघ ७ २०८१

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परको भीम रावललाई सघाउने भन्दै एमालेका विभिन्न भूमिकामा रहेका ५९ जना नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्।

उनीहरूले रावलले नेतृत्व गरेको मातृभूमि जागरण अभियानलाई समर्थन गरेका छन्।

उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा रावलको निष्कासनलाई स्वेच्छाचारी र निरङ्कुश भन्दै आलोचना गरेका छन्।

यसैबीच, रावलको पक्षमा उभिएकाहरूले अभियानमा सहभागी हुन आह्वान पनि गरेका छन्।

नेता रावललाई एमालेले पुस १० गते पार्टी सदस्यसमेत नरहनेगरी कारबाही गरेको थियो।