काठमाडौं । सिनामंगलको एक होटलमा युवक–युवती मृत भेटिएका छन् ।
युवक-युवती मृत भेटिएको सूचना आएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।
होटल जन्मभूमिको एउटै कोठामा एक युवक र युवती मृत भेटिएका हुन् ।
मृत भेटिएकामा सुनसरी जिल्ला ठेगाना भएका करिव २५-२६ वर्ष उमेरका रमेश माझी र त्यस्तै उमेरकी नाम नखुलेकी युवती रहेको प्रहरीले जनाएको छ ।
उक्त होटलको चौथो तलाको कोठा नम्बर १२० मा उनीहरू आइतबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।