आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

पूजाको सतकसहित नेपालले कुवेतलाई दियो २१४ रनको विशाल लक्ष्य

मंगलबार, कार्तिक २७ २०८१

काठमाडौं । यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले कुवेतलाई २१४ रनको लक्ष्य दिएको छ ।

दुबईस्थित दी सेभेन्स मैदानमा पहिले ब्याटिङ गरेको नेपालले कप्तान पूजा महतोको सानदार शतकमा २ विकेट गुमाएर २१३ रन बनायो ।

तेस्रो विकेटका लागि पूजा र सोनी पाख्रिनबीच केवल ८४ बलमा १५७ रनको साझेदारी गरेका थिए । यू- १९ महिला क्रिकेटमा यो सबैभन्दा ठूलो साझेदारीको रेकर्ड हो ।

पूजाले ६९ बलमा १२३ रनको ऐतिहासिक इनिङ खेलिन् । नेपाली महिला खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा बनाएको यो अहिलेसम्मकै ठूलो स्कोर हो । यसअघि सिनियर टिमबाट एक मात्र शतक रुबिना क्षेत्रीको नाममा थियो ।

उनले २९ बलमा अर्धसतक र ५७ बलमा सतक प्रहार गरेकी थिइन् । पूजालाई साथ दिएकी सोनीले ३३ बलमा ४३ रन बनाएर अविजित रहिन् । उनले दुई चौका प्रहार गरेकी थिइन् ।