आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

आइतबार, भाद्र १६ २०८१

काठमाडौं । झापाको बिर्तामोड नगरपालिका–५ हिकोला मोडस्थित सडकमा प्र.१–०२–००२ ख ००३५ नम्बरको बसले प्र.१–०१–०१३ प ५७०० नम्बरको मोटरसाइकलाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार इलाम माई नगरपालिका–४ गैरीगाउँ बस्ने ३० वर्षीया तुलसा पाँचकोटीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको वीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रूपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका–११ कोठी पुलस्थित सडकमा लुम्बिनीबाट कपिलवस्तुतर्फ जाँदै गरेको साइकल अनियन्त्रित भई शनिबार राती दुर्घटना हुँदा साइकल चालक हाल नाम, थर, वतन नखुलेका २५ वर्षीय पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो।

कैलालीको गोदावरी नगरपालिका–१ स्थित सडक छेउमा रोकी राखेको ना.४ ख ९६३ नम्बरको ट्रकमा से.५ प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किएर गए राती दुर्घटना हुँदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–२ भन्सार रोड बस्ने २९ वर्षीय कैलाश थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।