आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

आइतबार, भाद्र १६ २०८१

ललितपुर । गोदावरी नगरपालिका–१४ ठैब बस्ने ५२ वर्षीय जगत विर देसारको आशिष झरना भ्यू होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक जगत विर समेत ८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २६ हजार ६ सय २३ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।