कैलाली । गोदावरी नगरपालिका–८ जोनापुर बस्ने ३८ वर्षीय दिल बहादुर चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम र गाँजा २ किलोग्राम सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।