यि हुन, बैंक हाक्ने सारथीहरु
काठमाडौं । एनआईसी एशिया बैंक आजको दिनमा सबैजसो सुचकहरुमा सवल र अब्वल रहेको छ । अहिले सवल र अव्वल हुनु भनेको भोलिको दिनमा पनि सवल र अब्वल नै हुनु हो । अहिले नेपालमा २० वटा बाँणिज्य बैंकहरु सञ्चालनमा रहेका छन् । तर ति बैंकहरुको भिडमा एनआईसी एशिया सबै भन्दा ठुलो मध्येको एक र बलियो मध्येको पनि एक बैंकको रुपमा स्थापित भईसकेको छ।
कुनै पनि संस्था सफल हुनुको लागि उक्त संस्थाको व्यवस्थापन प्रमुखको रुपमा जिम्वेवारी सम्हाल्ने व्यक्ति, उक्त संस्थामा कार्यरत सम्पुर्ण कर्मचारी, संस्थाको सञ्चालक समितीको सबैको हात रहेको हुन्छ । यसका अतिरिक्त नियमनकारी निकाय र सरोकारवाला संस्थाहरु, ग्राहक र अन्य सदस्य सुभचिन्तकहरुको साथ र सहयोग पनि त्यो सफलताको लागि एउटा कारक मानिन्छ । तर पनि यसमा सबैभन्दा ठुलो हात भने व्यवस्थापन प्रमुख कै रहेको हुन्छ । एनआईसी एशियाको आजको दिनको यो उचाई, यो बिराशत, यति ठुलो वित्तीय पहुंच र दायरा बढाउन बैंकका प्रमुख कार्यकारी रोशन कुमार न्यौपानेको निकै ठुलो हात, त्याग, तपस्या र कडा मिहेनत रहेको छ । नेपाली बैंकिङ क्षेत्रमा सबै भन्दा कान्छो प्रमुख कार्यकारी अधिकृतकोरुपमा एनआईसी एशिया बैंकमा व्यवस्थापन प्रमुखको जिम्वेवारी सम्हालेको न्यौपानेले एनआईसी एशियालाई सबै भन्दा जेठो र बलियो बैंककोरुपमा उम्भाईदिएका छन्।
एनआईसी एशियालाई जेठो र सबैभन्दा बलियो भनेर कुनै व्यक्ति वा कुनै अमुक संस्थाले भनेको होईन । एनआईसी एशियाको वित्तीय सुचकहरु, वित्तीय पहुंच, वित्तीय दायरा, ग्राहक संख्या, बैंकले दिने उत्कृष्ट सेवा, बैंकले अवलम्वन गरेको प्रविधि, वित्तीय पारदर्शिता, सेवाग्राहीसंगको व्यवहार सबै कुराले बैंकलाई जेठो र सबै भन्दा बलियो बनाई दिएको हो । बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि नारा लिएर पुर्व मेची देखि पश्चिम महाकालीसम्म, शहर देखि ग्रामिण क्षेत्रका घरगोठसम्म एनआर्ईसी एशिया बैंक पुगेको छ । त्यहाँसम्म एनआईसी एशिया बैंक पुग्नु भनेको हो, बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने पुग्नु हो, न्यौपानेको सफलता पुग्नु हो । एनआईसी एशियाको सफलता र सवलतकासंग प्रत्क्षयरुपमा जोडिएका न्यौपानेको कुशल व्यवस्थापकीय क्षमतालाई नैै मध्यनजर गरेर बैंक सञ्चालक समितीको बैंठकले न्यौपानेलाई दोस्रो कार्यकालको लागि पनि प्रमुख कार्यकारी अधिकृतको जिम्वेवारी सुम्पि सकेको छ।
सन् २००८ अप्रिलदेखि तत्कालिन बैैंक अफ एशिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए । सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतकोरुपमा बैंकको नेतृत्व सम्हालेपछिको छोटो अवधिमा नै बैंकले विविध सूचांकहरुमा उत्साहजनक व्यावसायिक उचाइ हासिल गरेपछि बैंक सञ्चालक समितिको मिति २०७५ मंसिर १६ को तीन सय ७९ औं बैंठकले उनलाई मिति २०७५ मंसिर १६ गतेदेखि लागू हुने गरी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । ३८ वर्षको उमेरमा नै नेपालको अग्रणी वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उनी मुलुकको सबैभन्दा ‘कान्छो सीईओ’ को रुपमा समेत चर्चित भएका थिए । रसुवा जिल्ला स्थायी घर भई हाल काठमाडौं बुढानीलकण्ठ बस्ने न्यौपानेले उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करियरको छोटो अवधिमा नै अत्यन्त सफल प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकिङ्ग क्षेत्रमा उदयमान भएका थिए।
न्यौपाने बैंकको नेतृत्वदायी भूमिकामा आएपछि उदाहरणीय लगन, परिश्रम, दृढता, संकल्प, दक्षता र दृढ अठोट प्रदर्शन गर्दै गर्दा बैंक अधिकांश वित्तीय सूचकांकहरुमा पहिलो नम्बरमा पुगेको छ । सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उनको नेतृत्वमा बैंकलाई मध्यमस्तरको बैंकबाट उच्च स्थानको बैंकमा पु¥याउने गरी सन् २०१४ मा पञ्चवर्षीय एकीकृत रणनीतिक योजना ‘रणनीति २०२०’ (स्ट्राटेजी २०२०) तयार गरी बैंकले आ.व. सन् २०१९/२० सम्ममा कर्जा, निक्षेप, सेवाग्राही संख्या, खुद मुनाफा, प्रतिशेयर आम्दानी, स्व–पूँजीमा प्रतिफल, शाखा सञ्जाल लगायतका अधिकांश वित्तीय तथा गैर वित्तीय परिसूचकहरुमा बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट बन्न सफल भएको थियो।
न्यौपानेले बैंकको नेतृत्व सम्हालेपछि आफ्नो प्रथम कार्यकाल पूर्णरुपमा सफल बनाउँदै बैंकले अधिकांश सूचकहरुमा अग्रणी स्थान हासिल गर्न सफल भएको थियो र छ । सहज, सबल, गतिशील, विश्वसनीय तथा उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै समग्र बैंकिङ्ग क्षेत्रलाई पुनः परिभाषित गर्न सफल भएको छ । रणनीतिक तथा दीर्घकालिन सोच, कार्यक्षमतामा निपूर्णता तथा कुशल व्यवस्थापकीय क्षमतायुक्त न्यौपाने यस बैंकलाई नयाँ उचाईमा पुर्याउन सफल हुँदै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित अवार्ड र सम्मानबाट सम्मानित भएका छन् । नेपालको बैंकिङ्ग क्षेत्रमा गरेका विशेष योगदानको मुल्यांकन गर्दै न्यौपानेले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रवल जन सेवा श्री चतुर्थबाट विभूषित भएका थिए । त्यसैगरी उनले मुलुकभरका सीईओहरुको संस्था म्यानेजमेन्ट एसोसियसन अफ नेपाल (म्यान) ले प्रदान गर्ने ‘म्यानेजर अफ दि इयर २०२२’ र ‘कर्पोरेट बिजनेस अवार्ड २०२१’ मा ‘कर्पोरेट सीईओ अफ द इयर, २०७८’ बाट समेत सम्मानित भईसकेका छन् । उनी बेलायतस्थित ग्लोबल बिजनेस आउटलुकले प्रदान गर्ने अन्तर्राष्ट्रिय स्तरको ‘बैंकिङ्ग सीईओ अफ द इयर २०२१’ बाट समेत सम्मानित भएका छन्।
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मुल नारासहित सबै सरोकारवालाको पहिलो रोजाईको बैंक बनाउन मुलुकको वित्तीय पहुँच, वित्तीय समावेशिता, कर्जा पहुँच, गरिबी निवारण, रोजगारी सृजना, वित्तीय समानता विकास, सामाजिक न्याय जस्ता राष्ट्रिय लक्ष्य प्राप्तिमा पनि न्यौपानेको प्रमुख कार्यकारी अधिकृतमा भएको पुर्ननियुक्तिले थप योगदान पु¥याउने विश्वास बैंकले लिएको छ।
बैंकमा हाल तुल्सीराम अग्रवालको अध्यक्षतामा त्रिलोक चन्द्र अग्रवाल, रामचन्द्र संघाई, केशव प्रसाद लम्साल, गणेशमान श्रेष्ठ, आदित्य कुमार अग्रवाल र बिजया स्वाँर सहितको सात सदस्यीय सञ्चालक समिती रहेको छ । बैंकको उच्च व्यवस्थापनमा प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने रहेका छन् भने डिसिइओमा सन्तोष कुमार राठी, एसिईओमा राजेश रावल, जयन्द्र रावल, रञ्जन खड्का र अर्जुन राज खनियाँ रहेका छन् । सञ्चालन एवं व्यवस्थापन समितीको यो समुह, सिंगो बैंकको कर्मचारी संयन्त्र, आमशेयरधनी, ग्राहक, सुभचिन्तक, नियमनकारी निकाय नेपाल राष्ट्र बैंक र अन्य सरोकारवाला सबै निकायहरुको साथ र सहयोगका कारण एनआईसी एशियाले आजको दिनमा यो व्यवसायीक उचाई कायम गर्न सफल भएको हो । बैंकको अहिले देशभर तीन सय ६० वटा शाखा कार्यालय, छ सय ७१ वटा एटिएम काउन्टर, एक सय १८ वटा एक्सटेन्सन काउन्टर ५१ वटा शाखारहित सेवा रहेकाछन् । राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका थुप्रै अवार्ड र सम्मानहरु पाईसकेको बैंकले बैंक अफ दि एयर २०१३ बाट समेत सम्मानित भईसकेको छ।