शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

नेप्सेको उकालो यात्रा कायम नैं

नौं अंकले बढ्दा चार अर्ब १४ करोडको सेयर किनबेच

मंगलबार, चैत्र २७ २०८०

नेप्सेको उकालो यात्राले साताको तेस्रो कारोबार दिन मंगलबार पनि निरन्तरता पाएको छ । नेप्से आज नौं दशमलव १९ अंकले बढेर दुई हजार ३६ दशमलव शुन्य एक अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७५ अंकले बढेर तीन सय ६० दशमलव १५ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय १५ वा कम्पनीहरुको ७२ हजार दुई सय ७१ पटकको कारोबारमा ९७ लाख ८९ हजार चार सय १६ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब १४ करोड ३७ लाख ८३ हजार नौं सय ८९ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा तीन वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । सो मध्ये उत्पादनमुलक समुहको सुचक एक सय ५३ अंकले घटेर छ हजार सात सय ४२ दशमलव २८ अंकमा झरेकोमा होटल तथा पर्यटन र लघुवित्त समुहको सुचक पनि क्रमशः ३५ दशमलव ८१ र ४६ दशमलव ७५ अंकले घटेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने तीन दशमलव ४८ अंकले बढेर एक हजार ५९ दशमलव ६६ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुुचक पनि २७ दशमलव शुन्य चार अंकले बढेर चार हजार १० दशमलव ६६ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि ५६ दशमलव २२ अंकले बढेर दुई हजार ६६ दशमलव ८५ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि १८ दशमलव ८७ अंकले बढेर २४ सय ८२ दशमलव ८५ अंकमा पुगेको छ । यसैगरी जीवन बीमा समुहको सुुचक पनि ५० दशमलव ८३ अंकले बढेर १० हजार तीन सय ५९ दशमलव १० अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय पाँच दशमलव ३२ अंकले बढेर १० हजार छ सय २९ दशमलव ९९ अंकमा पुगेको छ । यि बाहेक लगानी, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा जानकी फाईनान्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा वीन लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गनैं कम्पनीहरुको सुुचीमा पनि सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।