बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

करिब २२ किलो गाँजा बरामद

बुधबार, चैत्र २१ २०८०

धनगढीमाई नगरपालिका–८ कसहा चोकबाट अवैध लागूऔषध गाँजा करिब २२ किलो बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।

अस्थायी प्रहरी पोष्ट कसहाबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ २ जना पैदलयात्रीहरुले बोकेको झोला फालि फरार भएपश्चात प्रहरीले झोला जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।